काठमाडौँ । नेपाली काँग्रेसले आज (बिहीबार) सुर्खेत र बाँकेमा चुनावी सभा गर्दैछ । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर काँग्रेसले सुर्खेत र बाँकेमा चुनावी सभा गर्न लागेको हो ।
वीरेन्द्रनगर नगरपालिकास्थित घण्टाघर डबलीमा आयोजना गरिएको चुनावी सभालाई सभापति गगनकुमार थापा र उपसभापति पुष्पा भुसालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आज दिउँसो साढे १२ बजेपछि चुनावी सभा हुन गइरहेको काँग्रेस सर्खेतका सभापति खड्गबहादुर पोखरेलले जानकारी दिएका छन् ।
सुर्खेतको चुनावी सभा पछि आजै बाँके(३ मा पर्ने जानकी गाउँपालिका–३ मानपुरमा पनि काँग्रेसको चुनावी सभा हुँदैछ । त्यसतै काँग्रेसले शुक्रबार रूपन्देहीको बुटवलमा पनि चुनावी सभा गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया