राजपरिवारका सदस्यहरू स्वयम् सडकमा उत्रिने तयारीमा छन् : दुर्गा प्रसाईं

राजपरिवारका सदस्यहरू स्वयम् सडकमा उत्रिने तयारीमा छन् : दुर्गा प्रसाईं


ग्लोब नेपाल
27
Shares

काठमाडौँ । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईंले राजपरिवारका सदस्यहरू स्वयम् सडकमा उत्रिने तयारीमा रहेको बताएका छन् ।

उनले आज सामाजिक संञ्जाल फेसबुकमा लेख्दै राजपरिवारका सदस्यहरू स्वयम् अब राष्ट्रको रक्षा, धर्मको संरक्षण तथा सम्पूर्ण नेपाली नागरिकको हितका लागि सडकमा उत्रने तयारीमा रहेको जानकारी दिएका छन् ।

उनले फागुन १६ गतेभित्र काठमाडौँमा उपस्थित हुन देशभरका सर्वसाधारणलाई समेत अपिल गरेका छन् ।

उनले लेखेका छन्, ‘राजपरिवारका सदस्यहरू स्वयम् अब राष्ट्रको रक्षा,धर्मको संरक्षण तथा सम्पूर्ण नेपाली नागरिकको हितका लागि सडकमा उत्रने तयारीमा रहनु भएको जानकारी गराउँदै, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही फाल्गुन १६ गतेभित्र काठमाडौँमा उपस्थित भइ राष्ट्र लाई युक्रेन हुन बाट जोगाउन हार्दिक आह्वान गर्दछौं। राष्ट्र,धर्म र नागरिकको सुरक्षा हाम्रो साझा जिम्मेवारी हो। सबैलाई एकजुट भई तन मन बचनले उपस्थित हुन विनम्र अनुरोध छ।’

राष्ट्र, धर्म र नागरिकको सुरक्षा साझा जिम्मेवारी भएकाले सबैलाई एकजुट भई तन मन बचनले उपस्थित हुन उनले अनुरोध गरेका छन् ।