काठमाडौं । काठमाडौंका कांग्रेस उम्मेदवारहरूले संयुक्त रूपमा आज भिजन १० सार्वजनिक गर्ने भएका छन् । काठमाडौं– ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पनि रहेका महामन्त्री प्रदीप पौडेलको अग्रसरतामा उपत्यकाको दिगो विकासका लागि आगामी ५ वर्षमा गरिने साझा कामको खाका तयार पार्दै सार्वजनिक गर्न लागिएको हो ।
संघीय राजधानी उपत्यका अन्तर्गत पर्ने काठमाडौं, ललितपुर र भक्तपुरमा नेपाली कांग्रेसका उम्मेदवारका तर्फबाट विकासको मार्ग चित्र भिजन १० साझा प्रतिबद्धता आज सार्वजनिक हुँदैछ ।
दिउँसो आयोजना गरिने कार्यक्रममा प्रतिबद्धता पनि सार्वजनिक गरिने महामन्त्री पौडेलले जानकारी दिए । महामन्त्री पौडेलले संघीय राजधानीको यातायात, पूर्वाधारसहितका मुद्दामा उम्मेदवारहरूबीच परामर्शपश्चात खाका तयार पारिएको र आज सार्वजनिक गर्ने जानकारी दिए ।


प्रतिक्रिया