सुर्खेतमा एमाले र बालेनप्रति गगनको कटाक्ष

सुर्खेतमा एमाले र बालेनप्रति गगनको कटाक्ष


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । कांग्रेस सभापति गगनकुमार थापाले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको विषयमा एमालेको अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरेका छन ।

आज (बिहिबार) कर्णाली प्रदेशको सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रस सभापति थापाले यस्तो बताएका हुन । उनले जेनजी आन्दोलनको विषयमा एमालेको भनाइप्रति आपत्ति व्यक्त गरेका हुन ।

उनले भने,‘फागुन २१ को चुनाव आउन केही दिनमात्रै बाँकी छ । यो चुनाव यसरी आउँछ कल्पना पनि थिएन । चुनाव घोषणा भएको दिनबाट दायाँबायाँ नगरी चुनावको परिणामको चिन्ता नगरी कांग्रेसले काम गरिरहेको छ ।

यहाँ कांग्रेसबारे संसय उत्पन्न गर्न खोजिएको छ । चुनावमा यो सरकारलाई पनि साथ दिएर ट्रयाकमा ल्याएर छोड् । ‘ फागुन २१ को चुनावको सन्दर्भमा भाद्र २३ र २४ को घटनालाई नेपालमा भिन्न दृष्टिकोण छ । ’

सभापति थापाले एमालेले भदौ संसद् भवन पहिले जलेको र त्यसपछिमात्रै गोली चलेको भनेको भनाइप्रति र जेनजी आन्दोलनबारे चुपचाप बसेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहप्रति कटाक्ष गरे ।

‘यसमा दुई वटा प्रवृत्ति छ । एउटा इन्कार गर्छ । र भन्छ – भदौ २३ गते र २३ गतेअगाडि देश ठिकठाक थियो । सब ठिकठाक छ सबले दूधभत खाएका थिए । केही बिग्रेको छैन,’ उनले भने, ‘अर्को प्रवृत्ति छ – बोल्दैन, भन्दैन ।

तर २३ र २४ गते दनदनी बलेको आगोमा आफ्नो राजनीतिको रोटी सेक्छ । यो दुईवटै सोचले नेपालमा २३ र २४ को अवस्था आएको हो । नेपाली कांग्रेस यो दुवै सोचभन्दा भिन्न छ ।’