रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन’ कार्यक्रम

रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन’ कार्यक्रम


ग्लोब नेपाल
0
Shares

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौं उपत्यका केन्द्रित ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ गौशालाबाट सुरु भएको छ ।

पार्टीले उपत्यकाका तीनै जिल्ला समेट्ने गरी यो कार्यक्रम सुरु गरेको हो । ‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजना भएको कार्यक्रमको उद्देश्य जनतासँग प्रत्यक्ष भेटघाट र जनसम्पर्क विस्तार गर्नु रहेको पार्टीले जनाएको छ ।

पशुपतिनाथ प्रवेशद्वार नजिकैको गौशालाबाट सुरु भएको यो अभियान बेलुकी ६: ३० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर समापन हुनेछ।