इरानी सर्वोच्च नेता खामेनी, छोरी-ज्वाइँ र नाति पनि मारिएको पुष्टि, ४० दिन शोक घोषणा

इरानी सर्वोच्च नेता खामेनी, छोरी-ज्वाइँ र नाति पनि मारिएको पुष्टि, ४० दिन शोक घोषणा



तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनीसँगै छोरी, ज्वाइँ र नातिको मृत्यु भएको जनाएको छ। उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।

यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका थिए । ट्रम्पले ट्रुथ सोसलमार्फत् खामेनी मारिएको दाबी गरे पनि इरानबाट पुष्टि हुन सकेको थिएन ।

इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग सम्बन्धित फार्स समाचार एजेन्सीले उल्लेख गरेको छ कि यी आक्रमणमा खामेनीका परिवारका सदस्यहरू मारिएका हुन्। फार्सले थप उल्लेख गरेको छ, “यी हमलामा खामेनीकी एक बुहारीको पनि मृत्यु भएको बताइँदैछ।” यसअघि केही समाचारमा उनकी बुहारी र ज्वाइँको मृत्यु भएको दाबी गरिएको थियो, तर पछि त्यसलाई अस्वीकार गरिएको थियो।