मतदानमा सहभागी मतदाताप्रति काँग्रेसको कृतज्ञता

मतदानमा सहभागी मतदाताप्रति काँग्रेसको कृतज्ञता

निर्वाचन व्यवस्थापनप्रति सरकार र आयोगलाई धन्यवाद


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा निर्वाचनमा सक्रिय रूपमा सहभागिता जनाएका मतदाताप्रति सम्मान र आभार व्यक्त गरेको छ।

पार्टीका सभापति गगन थापाले मतदान प्रक्रियामा मतदाताले देखाएको उत्साह र सहभागिताले लोकतान्त्रिक व्यवस्थाप्रति जनविश्वास सुदृढ भएको संकेत गरेको बताएका छन्। उनका अनुसार नागरिकको सक्रिय उपस्थितिले राजनीतिक दलहरू र आगामी दिनमा गठन हुने सरकारलाई जनअपेक्षा अनुरूप काम गर्न थप जिम्मेवार बनाएको छ।

सभापति थापाले जारी गरेको वक्तव्यमा देशका अधिकांश स्थानमा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सफल भएको भन्दै नेपाल सरकार तथा निर्वाचन आयोग लाई धन्यवाद व्यक्त गरिएको छ।

निर्वाचन प्रक्रियालाई सफल बनाउन निरन्तर खटिएका राष्ट्रसेवक कर्मचारी तथा सुरक्षा निकायका सदस्यहरूप्रति पनि पार्टीले आभार व्यक्त गरेको छ।

त्यसैगरी निर्वाचन अवधिभर जिम्मेवार भूमिका निर्वाह गरेका विभिन्न राजनीतिक दल, सञ्चारकर्मी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि काँग्रेसले धन्यवाद ज्ञापन गरेको छ।