काठमाडौं । मुलुकभरको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘निलो लहर’ देखिएको छ । निर्वाचन क्षेत्रबाट प्राप्त पछिल्लो विवरण अनुसार रास्वपाले परम्परागत राजनीतिक शक्तिहरूलाई स्तब्ध पार्दै देशभरका ३० भन्दा बढी क्षेत्रमा अग्रता कायम गरेको छ । विशेषगरी राजधानी काठमाडौं, चितवन, पोखरा र तराईका प्रमुख क्षेत्रहरूमा रास्वपाका उम्मेदवारहरूले फराकिलो मतान्तरसहित वर्चस्व जमाइरहेका छन् ।
काठमाडौंका १० मध्ये ८ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता लिइरहेका छन् । काठमाडौं क्षेत्र नं १ मा रञ्जु न्यौपाने ९ हजारभन्दा बढी मतका साथ अग्रस्थानमा छिन् भने क्षेत्र नं ८ मा विराज भक्त श्रेष्ठ र क्षेत्र नं १० मा प्रदीप विष्टले आफ्नो अग्रतालाई सुरक्षित बनाउँदै लगेका छन् । काठमाडौंका ४, ५, ६ र ७ मा पनि रास्वपाकै उम्मेदवारहरूको पल्ला भारी देखिएको छ ।
पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् भने ललितपुर, कास्की, बाँके र कञ्चनपुर जस्ता जिल्लाहरूमा पनि घण्टी चिह्नले पुराना दलको विरासतलाई गम्भीर चुनौती दिएको छ। अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले तनहुँ-१ मा आफ्नो अग्रता कायमै राखेका छन् भने तराईका जिल्लाहरू धनुषा, मोरङ र रौतहटमा समेत रास्वपाले प्रभावशाली उपस्थिति देखाएको छ।
अहिलेसम्म कुन क्षेत्रमा कसको अग्रता ? (विस्तृत विवरण):
१. काठमाडौं उपत्यका:
- काठमाडौं–१: रञ्जु न्यौपाने (९,०७८ मत – अग्रता)
- काठमाडौं–८: विराज भक्त श्रेष्ठ (७,६१७ मत – अग्रता)
- काठमाडौं–१०: प्रदीप विष्ट (६,०४२ मत – अग्रता)
- काठमाडौं–५: सस्मित पोखरेल (३,७०० मत – अग्रता)
- काठमाडौं–४: पुकार बम (२,५२९ मत – अग्रता)
- काठमाडौं–७: गणेश पराजुली (२,८३३ मत – अग्रता)
- काठमाडौं–६: शिशिर खनाल (२,२३८ मत – अग्रता)
- ललितपुर–३: डा. तोसिमा कार्की (६४८ मत – अग्रता)
- ललितपुर–२: जगदीश खरेल (२२८ मत – अग्रता)
२. चितवन र गण्डकी प्रदेश:
- चितवन–२: रवि लामिछाने (२,०२५ मत – अग्रता)
- चितवन–३: सोविता गौतम (९२५ मत – अग्रता)
- कास्की–१: खडक राज पौडेल (१,९७८ मत – अग्रता)
- कास्की–२: उत्तम प्रसाद पौडेल (२,४१७ मत – अग्रता)
- कास्की–३: बिना गुरुङ (२,०७४ मत – अग्रता)
- तनहुँ–१: डा. स्वर्णिम वाग्ले (१,३५२ मत – अग्रता)
३. तराई र पश्चिम क्षेत्र:
- रुपन्देही–२: सुलभ खरेल (४,०७२ मत – अग्रता)
- बाँके–१: सुरेश कुमार चौधरी (२,५७४ मत – अग्रता)
- बाँके–३: खगेन्द्र सुनार (१,३६९ मत – अग्रता)
- दाङ–१: देवराज पाठक (१,५१६ मत – अग्रता)
- मोरङ–४: सन्तोष राजवंशी (३,८८५ मत – अग्रता)
- धनुषा–३: मनिष झा (३,९१४ मत – अग्रता)
- कञ्चनपुर–२: दीपक राज बोहरा (१,३८० मत – अग्रता)
- कञ्चनपुर–३: ज्ञानेन्द्र सिंह महता (१२९ मत – अग्रता)
- रौतहट–४: गणेश पौडेल (४४३ मत – अग्रता)


प्रतिक्रिया