ललितपुर-१ मा कांग्रेसका उदयशमशेर राणाको अग्रता

ललितपुर-१ मा कांग्रेसका उदयशमशेर राणाको अग्रता


ग्लोब नेपाल
0
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम गरेको छ । निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो मतपरिणाम अनुसार , कांग्रेसका उम्मेदवार उदयशमशेर राणाले आफ्ना प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै सुरुवाती अग्रता लिएका हुन् ।

हालसम्म प्राप्त विवरण अनुसार , राणाले ९८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चेतनाथ सञ्जेलले ३७२ मत प्राप्त गरेका छन् । राणा र सञ्जेलबीचको मतान्तर ६१० रहेको छ ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्ध रत्न महर्जनले ३४९ मत प्राप्त गर्दै तेस्रो स्थानमा पछ्याइरहेका छन् । नेपाली कम्युनिष्ट पार्टीका सुनिल महर्जनले १५८ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।