रास्वपा १५ र कांग्रेस ५ क्षेत्रमा विजयी

रास्वपा १५ र कांग्रेस ५ क्षेत्रमा विजयी

रास्वपा १०६ र कांग्रेस ९ स्थानमा अगाडि


ग्लोब नेपाल
675
Shares

काठमाडौं । बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसले ५ स्थानमा जित हासिल गरेको छ ।

पछिल्लो पटक सन्तोष सुब्बा तेह्रथुमबाट विजयी भएका हुन् । उनले ११ हजार ५ सय ६१ मत प्राप्त गरेका थिए । त्यसभन्दा अघि मुस्ताङ–१, रसुवा–१, मनाङ–१ र दैलेख–१ बाट कांग्रेसले जित निकालेको हो । मुस्ताङ–१ बाट योगेश गौचन थकाली विजयी भएका छन् । उनले कांग्रेसका लागि पहिलो जित दिलाएका हुन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १५ स्थानमा विजयी हासिल गरेको छ ।