तेह्रथुममा नेपाली काँग्रेसका सुब्बा विजयी

तेह्रथुममा नेपाली काँग्रेसका सुब्बा विजयी


ग्लोब नेपाल
351
Shares

तेह्रथुम । प्रतिनिधि सभा सदस्यको निर्वाचन मा तेह्रथुमबाट नेपाली काँग्रेसका सन्तोष सुब्बा विजयी भएका छन् । सुब्बाले ११ हजार ५६१ मत प्राप्त गर्दै विजयी हासिल गरेको मुख्य निर्वाचन अधिकृत दीलकुमार वर्देवाले जानकारी दिए।

उनका अनुसार निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भानुभक्त ढकाललाई ८७९ मतान्तरले पछि पार्दै सुब्बा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । एमालेका केन्द्रीय सचिव ढकालले १० हजार ६८२ मत प्राप्त गरे ।

प्रतिनिधि सभाका लागि एकमात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ र श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बूले ५ हजार २०० मत प्राप्त गरेका छन् ।