काठमाडौँ । सुनसरी-१ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले लगातार मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मत परिणाम अनुसार साम्पाङले ५ हजार बढीको मतान्तर बनाएका छन्।
उनले १४ हजार ३५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी रास्वपाका गोमा तामाङले ८ हजार ८९० मत पाएका छन्। सुरुवाती मतगणनामा पछि परेका साम्पाङले पुनरागमन गर्दै लगातार अग्रता लिएका छन्।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराईले २ हजार २४२ मत प्राप्त गर्दा एमालेका टिका राम लिम्बूले १ हजार ९४९ मत पाएका छन्। यसअघि हर्क साम्पाङ धरान उपमहानगरपालिकाका मेयर थिए। संघीय निर्वाचनमा भाग लिन भन्दै उनले पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी गठन गरेका थिए।


प्रतिक्रिया