गगन थापाले कांग्रेस सभापतिबाट राजीनामा दिन सक्ने, विश्वप्रकाशसँग छलफल

गगन थापाले कांग्रेस सभापतिबाट राजीनामा दिन सक्ने, विश्वप्रकाशसँग छलफल


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापति पदबाट राजीनामा दिन सक्ने संकेत गरेका छन् ।

उपसभापति विश्वप्रकाश शर्मासँग सोमबार साँझ नयाँ बानेश्वरमा भएको भेटवार्ताका क्रममा सभापति थापाले आफूले पदबाट राजीनामा दिन लागेको बताएका हुन् । स्रोतका अनुसार छलफलका क्रममा थापाले आफूले पद त्याग्ने मनस्थिति बनाएको जानकारी गराएका थिए । तर उपसभापति शर्माले भने अहिले तत्काल राजीनामा नदिन सुझाव दिएका छन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको भन्दै त्यसको नैतिक जिम्मेवारी लिँदै पद त्याग्नु उचित हुने धारणा थापाले राखेका थिए ।

तर उपसभापति शर्माले भने विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनेको करिब ५० दिनमै निर्वाचन भएको उल्लेख गर्दै चुनावी पराजयको समग्र र सूक्ष्म समीक्षा गरेर परिस्थितिलाई सम्हाल्दै अघि बढ्नुपर्ने बताएका थिए । सभापतिले राजीनामा दिएमा पार्टी झन् अप्ठ्यारो अवस्थामा पुग्न सक्ने भन्दै अहिले त्यसो नगर्न उनको सुझाव थियो ।

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा सभापति थापासहित निर्वाचनमा प्रतिस्पर्धा गरेका कांग्रेसका सबै पदाधिकारी पराजित भएका थिए । उक्त निर्वाचनमा नेपाली कांग्रेसले जम्मा १८ सिटमा मात्रै जित हासिल गरेको थियो ।