काठमाडौं । मध्यपूर्वमा चलिरहेको युद्धले सन् २००८ को जस्तै विश्वव्यापी वित्तीय सङ्कट आउने सम्भावना नरहेको नोबेल पुरस्कार विजेता तथा फ्रान्सेली अर्थशास्त्री फिलिप अघियोन दाबी गरेका छन् ।
यदि युद्ध लामो समयसम्म चलिरहेमा सम्भावित मन्दी हुने देखिए पनि २००८ को जस्तो वित्तीय सङ्कट जस्तो सम्भावना नदेखेको उनले बताएको समाचार संस्था एएफपीले जनाएको छ ।
यद्दपि युद्धका कारण तेलको मूल्य प्रतिब्यारेल १५० अमेरिकी डलरभन्दा माथि पुग्ने र यसले मुद्रास्फीति धेरै बढ्ने उनको भनाइ छ ।
सन् १९७३ को योम किप्पुर युद्धमा इजरायललाई समर्थन गर्ने राष्ट्रहरूमाथि तेल निर्यात गर्ने अरब सदस्यहरूको सङ्गठन ओपेकले लगाएको तेल प्रतिबन्धका कारण मूल्यहरू नाटकीय रूपमा बढेको र त्यसले मुद्रास्फीति र आर्थिक गतिरोधमा वृद्धि गरेको थियो ।


प्रतिक्रिया