दाउन्नेमा पाँचवटा सवारी साधन ठोक्किँदा ८ जना घाइते

दाउन्नेमा पाँचवटा सवारी साधन ठोक्किँदा ८ जना घाइते


ग्लोब नेपाल
0
Shares

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने घिउखोलामा पाँच सवारी साधन ठोक्किदा आठ जना घाईते भएका छन ।

बुधबार राति करिब सवा १२ बजे सुनौलीबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नम्बरको कन्टेनरले एकतर्फी सडकमा ओभरटेक गर्ने क्रममा नियन्त्रण गुमाउँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

अनियन्त्रित कन्टेनरले काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ११९२ नम्बरको बसलाई ठक्कर दिँदै बुटवलबाट कावासोतीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ००२ प ९५७० नम्बरको मोटरसाइकल र काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको लु प्रदेश ०१–००१ ख ०८२२ नम्बरको बसमा समेत ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट नगरपालिका–६ का करिब ३० वर्षीय अमर कार्की र पछाडि सवार महेन्द्र महतारा घाइते भएका छन् ।

यस्तै लु प्रदेश ०१–००१ ख ०८२२ नम्बरको बसमा सवार छ जना यात्रु घाइते भएका छन्। घाइते हुनेमा बस चालक रोल्पा स्मृति गाउँपालिका–४ का शंकर बिष्ट, रामेछाप मन्थली नगरपालिका–१२ का विनोदकुमार अछामी, रोल्पा नगरपालिका–४ का उदीराम बिष्ट, धरान–१५ का नाम्नुहाङ राई, रोल्पा नगरपालिका–२ का दर्शन पोख्रेल, सुनसरी नगरपालिका–५ का चन्द्र सिंह थापा र प्युठान स्वर्गद्वारी नगरपालिका–७ का यज्ञप्रसाद भुषाल रहेका छन्।

घाईतेहरुलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको प्रहरीले जनाएको छ । यस्तै अन्य दुई बसका चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।