एनआरएनएको महिला उपाध्यक्षमा हङकङकी राधिका गुरुङ निर्विरोध निर्वाचित

एनआरएनएको महिला उपाध्यक्षमा हङकङकी राधिका गुरुङ निर्विरोध निर्वाचित


ग्लोब नेपाल
567
Shares

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्षमा राधिका गुरुङ (टिका) निर्विरोध निर्वाचित भएकी छन्।

एनआरएनएको १२औँ महाधिवेशन यही मार्च १४-१६ मा काठमाडौँको होटेल सोल्टीमा हुँदैछ। प्रधानमन्त्री सुशीला कार्कीले समुद्‌घाटन गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय एकता महाधिवेशनमा बुधबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको थियो।

महिला उपाध्यक्ष पदमा गुरुङको एक्लो उम्मेदवारी परेको हो। गुरुङले यसअघि एनआरएनएको महिला सचिवको जिम्मेवारी पूरा गरिसकेकी छन्। १०औँ र ११ औँ महाधिवेशनबाट दुई कार्यकाल गुरुङले महिला सचिवको जिम्मेवारी पूरा गरेकी हुन्।

१२औँ महाधिवेशनमा भने एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी छन्। जिम्मेवारी थपिएसँगै अब अझ खटिएर महिला हक-हित र सशक्तीकरणका लागि काम गर्ने उनले बताइन्।