काठमाडौं । क्रोएसियामा दुई नेपाली युवाको सडक दुर्घटनामा मृत्यु भएको छ । झापा मेचीनगर– १२ नयाँ वस्तीका ३९ वर्षका भरत कार्की र सल्यान कुमाख गाउँपालिका २७ वर्षका भुवन विकको मृत्यु भएको हो ।
रोजगारीका लागि बोस्निया गएका उनीहरु घुम्नका लागि क्रोएसिया जाँदा बाटोमा दुर्घटना भएर मृत्यु भएको एनआरएन क्रोएसियाका अध्यक्ष साइमन तामाङले जानकारी दिए ।
तामाङका अनुसार फेब्रुअरी १२ तारिखमा (ठीक एक महिनाअघि) भएको थियो । दुर्घटना परेर मृत्यु हुने दुई युवाको शव नेपालमा लैजान पहल भइरहेको तामाङले जानकारी गराए ।
उनले भने, ‘भियनास्थित दूतावासमा कुरा भएको छ । एउटा शव नेपालमा पुर्याउन ६ हजारभन्दा बढी यूरो लाग्छ । शव नेपाल लैजान पहल भइरहेको छ ।’ तामाङको भनाइ छ ।
बोस्निायाबाट घुम्नका लागि क्रोएसिया जानेमा तीन नेपाली र एक पाकिस्तानी रहेको खुलेको छ । दुर्घटनामा एक नेपाली महिला एक पाकिस्तानी घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको तामाङले जानकारी गराए ।


प्रतिक्रिया