‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको अक्सनमा सन्दीप लामिछाने ‘अनसोल्ड’

‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको अक्सनमा सन्दीप लामिछाने ‘अनसोल्ड’


ग्लोब नेपाल
378
Shares

काठमाडौँ। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको अक्सनमा नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछाने ‘अनसोल्ड’ भएका छन् । सन्दीपले विदेशी खेलाडी(अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका थिए ।

विदेशी खेलाडीको कोटा पूरा भइसक्दासम्म उनको नाम अक्सनमै आएन । अन्तिम चरणमा टिमलाई खेलाडी रोज्‍न दिइएको भएपनि उनलाई कुनै पनि टिमले लिन इच्छुक देखिएनन् ।

सन्दीप यसअघि सन् २०२१ मा ओभल इन्भिन्सिबल्सको टोलीमा १ लाख पाउन्डमा अनुबन्ध भएका थिए । यद्यपी कुनै खेल भने खेलेका थिएनन् ।