काठमाडौं । विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका थप २१ जना नेपालीको उद्धार गरिएको छ ।
कम्बोडिया पुगेर अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरू, क्यासिनोहरूमा अनलाइन ठगि तथा अन्य विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिना भिसा बसिरहेका २१ जना नेपालीहरुलाई उद्धार गरिएको हो ।
बैंककस्थित नेपाली राजदुतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उनीहरुको उद्धार भई गैर आवासीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा आज नेपाल फर्काइएको राजदुतावासले जनाएको छ ।
यसैगरी अलपत्र परेका वा कठिन परिस्थितीमा रहेका अन्य नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको जनाएकाे छ ।
कम्बोडियामा माथि अबैध रुपमा अवस्थामा बसिरहेका नेपाली नागरिकहरुलाई नेपाल फर्कन सहजिकरणका लागि नेपाली राजदुतावास बैंकक वा गैर(आवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरु(शिवराज पराजुली +85512215578,लालसिहं खडका +85593203666, रामजी कुमार छेत्री + 855963465788 )लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।


प्रतिक्रिया