सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


ग्लोब नेपाल
270
Shares

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा चार हजार आठ सय रुपैयाँले घटेर तीन लाख नौ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन तोलामा तीन लाख १४ हजार दुई सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २२५ रुपैयाँले घटेर पाँच हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलामा पाँच हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो ।