एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत


ग्लोब नेपाल
0
Shares

काठमाडौं । एनआरएनएको अध्यक्षमा हेमराज शर्मा चयन भएका छन् । अध्यक्ष पदका प्रत्यासी रविन बज्राचार्यले पनि उम्मेदवारी हापेपछि शर्मा निर्विरोध अध्यक्ष भएका हुन् । बज्राचार्यले एकताको महाधिवेशन भएको र निर्वाचनमा जाँदा संघलाई आर्थिक भार पर्ने भएकोले अध्यक्षमा शर्मालाई समर्थन गरेको जानकारी गराए ।

अध्यक्षको दाबीबाट पछि हटेका बज्राचार्य उपाध्यक्ष पदमा रहन राजी भएका छन् । त्यस्तै यसअघि उम्मेदवारी फिर्ता लिएका रविन शेरचनलाई पनि उपाध्यक्ष पद दिइने भएको छ ।

यससँगै एनआरएनएको सबै कार्यसमितिमा सहमति जुटेको निर्वाचन आयुक्त टीबी कार्कीले बताए । बाँकी पदहरुमा निर्वाचित भएकाहरुको नामावली सोमबार सार्वजनिक गर्ने समेत उनले बताए । एनआरएनएको १२ औं महाधिवेशन फागुन ३० मा काठमाडौंमा सुरु भएको हो ।