वासिङ्टन डीसी । अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँगको युद्धमा संलग्न हुने अधिकार सीमित गर्न युद्ध अधिकार प्रस्तावलाई पुनः मतदानका लागि हाउसमा ल्याउने भएको छ । प्रतिनिधिसभामा विपक्षी दलका नेता हाकिम जेफ्रीजले यस्तो बताएका हुन् ।
जेफ्रीजले एमएस नाउसँगको अन्तर्वार्तामा भने, ‘हामीले यस महिनाको सुरुवातमा हाउसमा युद्ध अधिकार प्रस्ताव पेस गरेका थियौँ, तर केही भोटले सफल भएन । आज अधिवेशन खुल्दा हामी फेरि यही कदम अघि बढाउनेछौँ ।’
उनका अनुसार यसअघि प्रस्तावको विरोधमा रहेका केही प्रजातान्त्रिक सदस्यहरूले अब समर्थन गर्ने तयारी गरेका छन् । प्रस्ताव पुनः हाउसमा ल्याइयो भने आफूहरूले समर्थन गर्ने उनीहरूले बताएको जेफ्रीजले बताए ।
अघिल्लो पटक हाउसका चार प्रजातान्त्रिक सदस्यले प्रस्तावको विरोधमा भोट दिएका थिए । यस कदमले राष्ट्रपति ट्रम्पको युद्धमा स्वतन्त्र निर्णय गर्ने अधिकारलाई कानुनी रूपमा सीमित गर्ने प्रयास गर्नेछ ।


प्रतिक्रिया