बागमती प्रदेश सरकारको ८ महिनाको खर्च १७.१२ प्रतिशत

बागमती प्रदेश सरकारको ८ महिनाको खर्च १७.१२ प्रतिशत



काठमाडौं । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको ८ महिनामा १७.१२ प्रतिशत पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले गएको साउनदेखि फागुनसम्ममा कुल बजेटको २२.३१ प्रतिशत खर्च गरेको हो ।

जसमा चालुतर्फ ३०.५६ प्रतिशत र पुँजीगततर्फ १७.१२ प्रतिशत बजेट खर्च भएको मन्त्रालयका अधिकृत सुरज पौडेलले जानकारी दिए । चालू आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट ल्याएकामा ८ महिना सकिँदा १५ अर्ब ५ करोड ८ लाख ३८ हजार रुपैयाँ बजेट खर्च भएको उनले बताउए ।

नवयुवा आन्दोलनका कारण प्रदेश सरकारका संरचनाहरू क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायहरूले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वय हुन नसक्दा प्रदेश सरकारको खर्च कम देखिएको अधिकृत पौडेलले बताए ।