प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट प्रमुख डंगोल पक्राउ

प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट प्रमुख डंगोल पक्राउ


ग्लोब नेपाल
324
Shares

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख दिनेश डंगोललाई पक्राउ गरेको छ ।

ब्यूरोले प्रतिवादी अशोक शेरचन समेत माथि अनुसन्धान भइरहेको बेला थप तथ्य प्राप्त भएपछि डंगोललाईपक्राउ गरेको हो । सो बैंकको महत्वपूर्ण विभागमा कार्यरत डंगोलले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरित कार्य गरेको तथा प्रभु म्यानेजमेन्ट प्रालि समेतमा प्रवाह ऋणमा कर्जा दुरुपयोग गरेको पाइएको छ ।

आरोपी डंगोलमाथि जिल्ला अदालत काठमाडौँबाट अनुमति लिई थप अनुसन्धान भइरहेको ब्यूरोका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिए।