काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक उपसभापति शर्माको अध्यक्षतामा हुने

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक उपसभापति शर्माको अध्यक्षतामा हुने


ग्लोब नेपाल
405
Shares

काठमाडौँ । नेपाली काँग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन् ।

बैठकमा सभापति गगनकुमार थापाले राजीनामा दिएकोबारे जानकारी गराउन कार्यसूची रहेको छ । यसका साथै निर्वाचनमा भोगेको पराजयको प्रारम्भिक विवरण पेस हुनेछ ।
तल्लो तहबाट विवरण बुझाउन बाँकी रहेको हुँदा उपसभापति शर्माले पराजयबारे प्रारम्भिक विवरण बैठकलाई जानकारी गराउने छन् ।

केन्द्रीय कार्यालयले सबै क्षेत्रमा परिपत्र गरेर निर्वाचन पराजय भएको कारण खुलाएर पत्र पठाउन भनेको छ । पराजय भएको र निर्वाचित भएको दुवैतर्फबाट कारण खुलाएर पत्र पठाउन भनेको छ ।