बन्दीपुरमा केबलकार गेट अगाडि ट्रक पल्टिँदा २ जना घाइते

बन्दीपुरमा केबलकार गेट अगाडि ट्रक पल्टिँदा २ जना घाइते


ग्लोब नेपाल
378
Shares

काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका–४ स्थित केबुलकार गेट नजिकै ट्रक दुर्घटना भएको छ । अनियन्त्रित भएर ट्रक दुर्घटनाग्रस्त भएको हो ।

आँबुखैरेनीबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १९६३ न। को मालवाहक ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो ।

दुर्घटनामा ट्रकमा सवार दुई जना घाइते भएका छन् । उनीहरूको डुम्रेस्थित अस्पतालमा उपचार भइरहेको छ।