काठमाडौं । रास्वपाबाट बालेन नभई रवि लामिछाने प्रधानमन्त्री बन्नुपर्ने बताएका छन् ।
काठमाडौंमा पत्रकारसँग कुरा गर्दै उनले प्रतिपक्षले उठाएको प्रश्नको उत्तर दिन सक्ने मानिस मात्रै प्रधानमन्त्री हुनुपर्ने बताए । उनले भने ‘प्रतिपक्षीले सोधेको प्रश्नको उत्तर समय दिएर दिनुपर्छ ।’
उनले श्रम संस्कृति पार्टीलाई अहिले जनताले प्रश्न गर्ने ठाउँमा पुर्याएको बताए । उनले भने, ‘हामी प्रतिपक्षमा बसेर प्रश्न गर्छौँ । हामीले गरेको प्रश्नको उत्तर समय दिएर दिन सक्ने मान्छे प्रधानमन्त्री हुनपर्छ भनेको हो ।’
उनले जनताले आफ्नो पार्टीलाई सरकारमा जाने म्यान्डेट नदिएको बताएका छन् । उनले आफू म्यान्डेट अनुसार आएको बताए । उनले भने, ‘जनताले हामीलाई प्रतिपक्षमा बसेर प्रश्न गर्ने म्यान्डेट दिएकोले म्यान्डेट अनुसार काम गर्नेछौँ ।’
सञ्चारकर्मीले देशका लागि राम्रो काम गर्न रास्वपाले सरकारमा बोलाए सहभागि हुने कि नहुने भनी राखेको जिज्ञासामा उनले सरकारमा सहभागी नहुने स्पष्ट पारे ।
उनले राम्रो काम गर्नेलाई श्रम संस्कृति पार्टीको सधैँ साथ र सहयोग हुने बताए । उनले भने ‘हामी राम्रो कामलाई साथ दिन्छौँ नराम्रो कामको सधैँ विरोध गर्छौँ ।’


प्रतिक्रिया