उम्मेदवारका पक्षमा सक्रियता नदेखिएको भन्दै देउवा पक्षसँग गगन थापाको असन्तुष्टि

उम्मेदवारका पक्षमा सक्रियता नदेखिएको भन्दै देउवा पक्षसँग गगन थापाको असन्तुष्टि



काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका उम्मेदवारको समर्थनमा अपेक्षित सक्रियता नदेखिएको विषय उठाउँदै नेतृत्व तहप्रति प्रश्न गरेका छन् ।

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै उनले विशेष गरी वरिष्ठ नेतृत्वले आफ्नै निकट व्यक्तिहरू उम्मेदवार बनेका क्षेत्रमा समेत मत माग्न नगएको प्रसंग उल्लेख गरेका थिए ।

उनले लामो समयदेखि एउटै क्षेत्रमा उम्मेदवार बन्दै आएका नेताहरूले त्यही क्षेत्रमा अन्य उम्मेदवारलाई सहयोग गर्नुपर्ने जिम्मेवारीबाट विमुख हुन नहुने धारणा व्यक्त गरे ।

थापाले शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा उनी निकट नेता नैनसिंह महर उम्मेदवार हुँदा पनि अपेक्षित रूपमा चुनावी अभियानमा संलग्नता नदेखिएको विषय उल्लेख गरे ।