संविधान संशोधनका लागि काँग्रेसद्वारा आन्तरिक सुझाव समिति गठन

संविधान संशोधनका लागि काँग्रेसद्वारा आन्तरिक सुझाव समिति गठन



काठमाडौं । नेपाली काँग्रेसले संविधान संशोधनसम्बन्धी सुझाव संकलन र मस्यौदा तयारीका लागि आन्तरिक समिति गठन गरेको छ ।

पार्टीका अनुसार उक्त समितिको संयोजन उपसभापति तथा वरिष्ठ अधिवक्ता पुष्पा भुसाललाई दिइएको छ । यसअघि पनि केन्द्रीय कार्यसमिति बैठकबाट यस्तो समिति गठन गर्ने निर्णय भए पनि कार्यान्वयन हुन नसकेको सन्दर्भमा पुनः सोही अवधारणालाई अघि बढाइएको जनाइएको छ ।

नयाँ संरचनाअन्तर्गत गठित समितिलाई पार्टीभित्र तथा बाह्य सरोकारवालासँग परामर्श गर्दै संविधान संशोधनका सम्भावित विषयहरूमा मस्यौदा प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ ।

तयार प्रतिवेदन पार्टी नेतृत्वसमक्ष पेश गरिने र त्यसका आधारमा आगामी नीतिगत निर्णय लिने प्रक्रिया अघि बढाइने बताइएको छ ।