कम्बोडियाबाट थप ५१ जना नेपालीलाई स्वदेश फर्काइयो

कम्बोडियाबाट थप ५१ जना नेपालीलाई स्वदेश फर्काइयो



काठमाडौं । कम्बोडियामा अनलाइन ठगी तथा गैरकानुनी काममा लगाइएकासहित थप ५१ जना नेपालीलाई स्वदेश फर्काइएको छ ।

विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडियामा पुगेका, त्यहाँ अवैधरुपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्र तथा क्यासिनोमा अनलाइन ठगीमा परेका, गैरकानुनी काममा लगाइएका तथा बिनाभिसा बसिरहेका ५१ जना नेपालीलाई हिजो स्वदेश पठाइएको हो ।

थाइल्याण्डमा रहेको दूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा उनीहरुको उद्धार गरिएको दूतावासले जनाएको छ । कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्क अनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपालीहरू भ्रमण भिसामा कम्बोडिया पुगेकोमा सन् २०२२ मा १ हजार ९७७ जना, सन् २०२३ मा २ हजार ९४० जना, सन् २०२४ मा ६ हजार ४०४ जना तथा सन् २०२५ मा ९ हजार ६७६ जना कम्बोडिया पुगेको देखिन्छ ।

नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका देशमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नजान पनि आग्रह गरिएको छ ।