रास्वपाको विजयका लागि रविलाई अमेरिकाको बधाई

रास्वपाको विजयका लागि रविलाई अमेरिकाको बधाई



काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच टेलिफोन वार्ता भएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र रवि लामिछानेबीच मंगलबार टेलिफोन वार्ता भएको जनाएको हो ।

टेलिफोन वार्तामा दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिएका थिए ।

“अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो आर्थिक साझेदारीको सुदृढीकरण गर्न र हाम्रा दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको छ,” अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।