इनिशा विक हत्या अनुसन्धानको प्रहरी प्रतिवेदनमा के छ ?

इनिशा विक हत्या अनुसन्धानको प्रहरी प्रतिवेदनमा के छ ?


ग्लोब नेपाल
405
Shares

काठमाडौँ । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ।

सुर्खेतको गुर्भाकोट नगरपालिका-६ घर भई वीरेन्द्रनगर नगरपालिका-१ मा बस्दै आएकी इनिशाको मृत्यु भएको १९ दिनपछि जिल्ला प्रहरी कार्यालय, सुर्खेतले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो। गत फागुन २३ गते इनिशाको मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालयले इनिशा मृत्यु प्रकरणका सबै अनुसन्धान रिपोर्ट बुधबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको बताएको छ। प्रहरीले अनुसन्धान प्रतिवेदनबारे केही खुलाएको छैन।

गत फागुन २३ गते बिहान ६ बजे ‘विद्यालय जान्छु’ भन्दै घरबाट निस्किएकी इनिशा वीरेन्द्रनगर-४, स्थित जनजागरण सामुदायिक वनमा बिहान ९ बजे अचेत अवस्थामा फेला परेकी थिइन्। प्रहरीले उनलाई कर्णाली प्रदेश अस्पताल पुर्‍याएको थियो। लगत्तै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।