बालेन प्रधानमन्त्रीमा नियुक्त भएपछि गर्व महसुस भएको रवि लामिछानेको प्रतिक्रिया

बालेन प्रधानमन्त्रीमा नियुक्त भएपछि गर्व महसुस भएको रवि लामिछानेको प्रतिक्रिया


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा देख्न पाउँदा आफूलाई गर्व लागेको बताएका छन्।

सिंहदरबारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले आम जनताको बीचमा गरिएको वाचा पूरा भएको उल्लेख गर्दै आगामी चुनौतीहरूमा जनताको जीवनस्तर सुधार गर्ने उद्देश्यसहित काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

लामिछानेले बालेन शाहको पाँच वर्षे कार्यकालमा प्रधानमन्त्री बन्ने सम्भावना रहेको तर यसलाई थप समयसम्म विस्तार गर्न सकिने संकेत पनि दिएका छन्। उनले यो प्रक्रियामा कुनै पनि बाह्य सहमति वा दबाबको प्रभाव नभएको स्पष्ट पारे।