ओली पक्राउपछि एमाले सचिवालय बैठक बस्दै

ओली पक्राउपछि एमाले सचिवालय बैठक बस्दै


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परे लगत्तै सचिवालय बैठक बोलाएको छ ।

पार्टी सचिव महेश बस्नेतका अनुसार बैठक आज बिहान साढे ८ बजे बस्नेछ । अध्यक्ष ओलीलाई प्रहरीले नियन्त्रणमा लिएपछि विकसित पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै आगामी रणनीति तय गर्न बैठक बोलाइएको हो ।

बालेन सरकारद्वारा सुधन गुरुङजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको बस्नेतको भनाइ छ । बस्नेतले यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिने बताएका छन् ।