टिचिङमा भर्ना भए पूर्वप्रधानमन्त्री केपी ओली, बेड नम्बर ५०१

टिचिङमा भर्ना भए पूर्वप्रधानमन्त्री केपी ओली, बेड नम्बर ५०१


ग्लोब नेपाल
108
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा भर्ना भएका छन् । उनी टिचिङ अस्पतालको ‘एनेक्स वान’ भवनस्थित ५०१ नम्बर बेडमा भर्ना भएका हुन् । मिर्गौला प्रत्यारोपणका बिरामी ओलीलाई आवश्यक रगत जाँच, भिडियो एक्सरे लगायतका परीक्षण गरिएपछि अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

महाराजगन्जस्थित २ नम्बर गणमा राखिने
अध्यक्ष ओलीलाई स्वास्थ्य परीक्षणपछि महाराजगन्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखिने भएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँका एक प्रहरी अधिकारीका अनुसार पक्राउलगत्तै ओलीलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको थियो । आवश्यक स्वास्थ्य परीक्षणपश्चात् उनलाई महाराजगन्जस्थित २ नम्बर गणमा राख्ने तयारी गरिएको ती अधिकारीले बताएका छन् ।