काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि बसेको एमाले सचिवालयको आकस्मिक बैठकले ४ निर्णय गरेकाे छ । जसमा ओलीलाई तत्काल रिहा गरियोस् भन्दै विरोध प्रदर्शन गर्नेदेखि सबै दलहरूसँग संवाद र सहकार्य गर्नेसम्मका निर्णयहरू रहेका छन् ।
निष्कर्षहरू :
१. आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने,
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने,
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने,
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने, नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने ।
काठमाडौँमा प्रदर्शन
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली पक्राउ विरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ । शनिबार बिहान चाबहिल चोकमा एमालेका नेता तथा कार्यकर्ताको विरोध प्रदर्शन गरेका हुन् । अध्यक्ष ओलीलाई प्रहरीले शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेको थियो ।


प्रतिक्रिया