हतारमा होइन, विचार पुर्‍याएर सरकार अघि बढोस्ः संविधानविद् अधिकारी

हतारमा होइन, विचार पुर्‍याएर सरकार अघि बढोस्ः संविधानविद् अधिकारी


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । संविधानविद् डा.विपिन अधिकारीले विचार पुर्‍याएर अघि बढ्न सरकारलाई आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउपछि सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै संविधानविद् डा. अधिकारीले विचारशील कार्यको लागि अनुरोध गरेका छन् ।

‘सावधानीको नोट’ शीर्षक दिएर उनले लेखेका छन्, ‘एकछिन विचार पुर्‍याउनुहोस् । हतारमा गरिएका प्रतिक्रियाहरू भन्दा सोचविचार गरेर गरिएका निर्णयहरूले बलियो परिणामहरू सिर्जना गर्छन् ।’ उनले आजको स्पष्टताले भोलिको लागि आत्मविश्वास निर्माण गर्ने उल्लेख गरेका छन् । साथै कार्की प्रतिवेदन द्रूत मार्ग नभएको पनि उल्लेख समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘आजको स्पष्टताले भोलिको लागि आत्मविश्वास निर्माण गर्छ । कार्की प्रतिवेदन द्रूत मार्ग होइन । यसले स्पष्टता, अध्ययन र विचारशील कार्यको लागि आह्वान गर्दछ– हतार होइन,’ संविधानविद् अधिकारीले लेखेका छन् ।