त्रिचन्द्र कलेज अगाडीको भवनमा आगलागी

त्रिचन्द्र कलेज अगाडीको भवनमा आगलागी


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित त्रिचन्द्र कलेज अगाडीको एक भवनमा आगलागी भएको छ । नजिकै टपमा रहेको क्लब टावर रेस्टुरेन्टबाट उक्त आगो सल्किएको प्रत्यक्षदर्शी सुभायु सुबेदीले जानकारी दिए ।

आगलागी भइरहेको भवन छेउमै नबिल बैंक रहेको छ । आगो अरू भवनमा पनि सर्ने सम्भावना उच्च रहेको उनले जानकारी दिए । उनका अनुसार एपिएफ, नेपाल पुलिस, आर्मीहरूद्वारा आगो निभाउने प्रयास भइरहेको छ ।