काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा राख्ने तयारी गरेको छ ।
कार्की आयोगका सिफारिसका आधारमा शनिबार प्रहरीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो । त्यसयता नेकपा एमालेका नेताकार्यकर्ता आक्रोशित छन् । दिनभर काठमाडौंको स्थिति तनावग्रस्त रह्यो ।
यही कारण सुरक्षा जोखिम हेरेर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी गरेको स्रोतले बतायो । यस्तै उनको भक्तपुरको गुण्डुस्थित निवासमा पनि बाक्लो सुरक्षा पहरा लगाइएको छ ।


प्रतिक्रिया