कार्की आयोगको प्रतिवेदन काठमाडौँ प्रहरीमा

कार्की आयोगको प्रतिवेदन काठमाडौँ प्रहरीमा


ग्लोब नेपाल
459
Shares

काठमाडौं । गत २३ र २४ भदौमा घटेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको छ । प्रतिवेदन कार्यान्वयनको प्रक्रिया सुरु भएसँगै सम्बन्धित निकायहरू सक्रिय भएका छन् ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तयार पारिएको उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले यसअघि नै गरिसकेको थियो । सो निर्णयअनुसार प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृहमन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयमा पठाइएको थियो । प्रहरी प्रधान कार्यालयबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमार्फत अन्ततः जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रतिवेदन आइपुगेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार प्रतिवेदन प्राप्त भइसकेको छ र अब कार्यान्वयनको चरणमा प्रवेश गरिनेछ । “प्रतिवेदन हामीकहाँ आइपुगेको छ, अब त्यसअनुसार अगाडि बढ्छौं,” उनले भने ।

यसैबीच, प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसँगै शनिबार बिहानै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्य सुरक्षा निकायसँग सम्बन्धित व्यक्तिहरूमाथि भने थप छानबिनपछि मात्र कारबाही गरिने जनाइएको छ । जनेजी आन्दोलनका क्रममा भएको हत्या घटनामा संलग्न रहेको निष्कर्षसहित कार्की आयोगले ओली र लेखकमाथि ज्यानसम्बन्धी कसुरमा कारबाही गर्न सिफारिस गरेको थियो ।