पूर्णबहादुर-शेखर समूहको छुट्टै सांसद बधाइ कार्यक्रम, सभापति गगन पदाधिकारीसँग छलफलमा

पूर्णबहादुर-शेखर समूहको छुट्टै सांसद बधाइ कार्यक्रम, सभापति गगन पदाधिकारीसँग छलफलमा


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाको उपस्थितिमा पार्टीका नवनिर्वाचित सांसदहरूलाई बधाई कार्यक्रम चलिरहँदा पार्टी सभापति गगनकुमार थापा भने पदाधिकारीसँग छलफलमा जुटेका छन् । काँग्रेसभित्रको असन्तुष्ट समूहले समानान्तर गतिविधि सुरु गरेपछि पार्टीका वरिष्ठ पदाधिकारीहरूसँग सभापति थापा आन्तरिक छलफलमा जुटेका हुन्।

महाराजगन्जस्थित स्मार्ट होटेलमा आयोजना गरिएको कार्यक्रममा खड्का र कोइरालासँगै वरिष्ठ नेता विमलेन्द्र निधि, प्रकाशमान सिंह, जीतजंग बस्नेत लगायतका नेताहरू सहभागी छन्।

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि खड्काले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गर्दै शेरबहादुर देउवा निकटका जिल्ला सभापतिहरूको भेला समेत आयोजना गरेका थिए।

असन्तुष्ट समूहको सक्रिय समानान्तर गतिविधि देखिएपछि पार्टी नेतृत्वले यसबारे आन्तरिक विचारविमर्श गर्ने उद्देश्यले छलफल सुरु गरेको हो। छलफलमा सहभागी एक पदाधिकारीले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “यो औपचारिक बैठक होइन, अनौपचारिक छलफल हो।”

प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा काँग्रेसले ३८ सिट जितेको थियो। पार्टीको संस्थापन पक्षले नवनिर्वाचित सांसदहरूको लागि यसअघि सानेपामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो। पार्टीभित्रको विवाद तीव्र बन्दै गएपछि खड्का-कोइराला समूहले सांसदहरूलाई अलग्गै बोलाएर बधाई दिएको र समानान्तर गतिविधि सुरु गरेको बताइएको छ।