काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बन्दी प्रत्यक्षीकरण रिटमार्फत रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले तत्काल रिहाइको माग अस्वीकार गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
ओलीलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी राधिका शाक्यले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । अदालतले तत्काल रिहाइको आदेश नदिएपछि अब ओलीलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउन सक्ने भएको छ ।
यसअघि सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा पनि यस्तै गरी कारण देखाऊ आदेश जारी गरेको थियो ।


प्रतिक्रिया