काठमाडौं । बालेन सरकारको श्रममन्त्री ९ वर्ष अघि ठगी आरोपमा पक्राउ परेका रहस्य खुलेको छ । एमबिबिएस परीक्षा पास गराइदिने प्रलोभन देखाएर एक विद्यार्थीबाट २ लाख रुपैयाँ लिएको आरोपमा साह २०७३ साल असोज १६ गते पक्राउ परेका थिए । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो ।
बुधबार श्रम मन्त्री दिपककुमार साह सहभागी एउटा कार्यक्रममा एमबिबिएस परीक्षा पास गराइ दिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ परेका दिपककुमार साह तपाईं नै हो कि अरु कोही हो भनी एकजना सञ्चारकर्मीले जिज्ञासा राखेका थिए । ‘ठगी आरोपमा पक्राउ परेको भए म मन्त्री बन्ने थिइनँ’ भन्ने जवाफ फर्काएर बसेको कुर्सीबाट जुरुक्कै उठेर बाहिर निस्केका थिए ।
साह त्यसबेला पुतली सडकस्थित वल्डवाइड कन्सल्टेन्सी सञ्चालन थिए । उक्त कन्सल्टेन्सीमा सिन्धुली आम्बोटे घर भएका गणेश अधिकारीमार्फत् एमबिबिएसका छात्रा सायसा पन्तलाई केयुले लिने एमबीबीएस परीक्षा पास गराइदिने प्रलोभन देखाए २ लाख रुपैयाँ लिएको साहमाथि त्यसबेला आरोप लागेको थियो ।
उनी पक्राउ परेको घटना यस्तो थियो–
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले २०७३ साल असोज १६ गते कन्सल्टेन्सी सञ्चालक महोत्तरीको गोनरपुरा घर भई टेकु बस्ने दिपककुमार शाह र काउन्सिलिङको काम गर्ने सिन्धुली आम्बोटेका गणेश अधिकारीलाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार अधिकारीले सायसा पन्तलाई असोज १५ गते काठमाडौं विश्वविद्यालयले लिने एमबीबीएस परीक्षा पास गराइदिने भन्दै रकम मागेका थिए । कन्सल्टेन्सीमा पुगेकी सायसाकी आमा विमलाले रकम सहमत पनि भएकी थिइन् तर, अरुले यस्तो हुन नसक्ने भन्दै महानगरीय अपराध महाशाखामा निवेदन दिएकी थिइन् ।
विमलासँगै सादा पोसाकमा प्रहरी खटिए । गणेश अधिकारीसँग बार्गेनिङ गर्दा २ लाखको चेक दिएपछि अब काम हुन्छ, ढुक्क हुनुस् भन्दै आश्वासन दिए । लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनले यो काम सञ्चालकमार्फत हुने भनेकाले दिपककुमार साहलाई पनि पक्राउ गरिएको प्रहरीले पक्राउ गरेको थियो । साहले आफू डाक्टर भने पनि डाक्टर नभएको खुलेको छ ।
मन्त्री तिनै साह हुन्, जो हालै सम्पन्न आम निर्वाचनमा महोत्तरी–२ बाट ३२ हजार ७ सय २२ मत ल्याएर निर्वाचित भएका हुन् । मधेश प्रदेशबाट प्रतिनिधित्व हुने गरी साहलाई प्रधानमन्त्री बालेन्द्र साहले श्रम मन्त्रालयको जिम्मेवारी दिएका छन् ।


प्रतिक्रिया