निर्माण व्यवसायी महासंघको निर्वाचन आज हुँदै

निर्माण व्यवसायी महासंघको निर्वाचन आज हुँदै


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको १३औं‌ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन प्रज्ञा भवन कमलादीमा हुँदैछ ।

अध्यक्ष पदमा कालिका कन्सट्रक्सनका निर्देशक निकोलस पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी (एडी) लामाबीच प्रतिस्पर्धा हुँदैछ । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

लामा समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतमले उम्मेदवारी दिएका छन् ।प्रमोद लामिछानेले स्वतन्त्र रूपमा उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् ।

अधिवेशनबाट आगामी तीन वर्षका लागि ५१ सदस्यीय नयाँ कार्यसमिति चयन हुने छ ।