अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानसँगको जारी तनावमा आगामी दिनहरू युद्धको नतिजाका लागि निर्णायक हुने बताएका छन् । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिका–इजरायल र इरान बीचको युद्धका आगामी दिनहरू ‘निर्णायक हुने बताएका हुन् ।
उनले धेरै हप्ताको ठूलो अमेरिकी–इजरायली आक्रमणपछि पनि इरानसँग बदला लिने क्षमता बाँकी रहेको स्वीकार गरे । उनले इरानसँगको युद्धका बारेमा पेन्टागनको प्रेस ब्रिफिङमा इरानी शासन अपाङ्ग भएको दाबी गरे ।
पेन्टागन प्रमुखले सप्ताहन्तमा मध्य पूर्वमा अमेरिकी सेना र आधारहरूको अघोषित भ्रमण गरेका थिए । जोइन्ट चीफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले ब्रिफिङमा अमेरिकी हवाई हमलाहरू अब इरानको मिसाइल, ड्रोन र नौसेना जहाज निर्माण सुविधाहरूलाई खुवाउने ‘लजिस्टिक र आपूर्ति श्रृंखलाहरू रोक्न र नष्ट गर्न’ केन्द्रित रहेको बताए ।


प्रतिक्रिया