इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्दै, आजै अन्त्येष्टि गरिने

इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्दै, आजै अन्त्येष्टि गरिने


ग्लोब नेपाल
324
Shares

काठमाडौँ। इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने भएका छन्। परिवारले शव बुझेर बिहीबार दिउँसो भेरी पुल नजिकको सम्झिघाटमा अन्त्येष्टि गर्ने तयारी गरेको जनाएको छ।

परिवारले न्यायिक प्रक्रिया अगाडि नबढेसम्म शव नबुझ्ने अडान राखेका कारण उनको शव प्रदेश अस्पतालको शव गृहमा २७ दिनदेखि राखिएको थियो। पछिल्लो समय अदालतबाट मुद्दासम्बन्धी आदेश आएपछि परिवार शव बुझ्न सहमत भएको हो।

जिल्ला अदालत सुर्खेतले बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चार नाबालकलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउन आदेश दिएको थियो। उक्त आदेशपछि परिवारले शव बुझ्ने निर्णय लिएको बताइएको छ।