अमिशा साइबर बुलिङ प्रकरणमा एक जना पक्राउ

अमिशा साइबर बुलिङ प्रकरणमा एक जना पक्राउ


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेकपा (एमाले) को प्रदर्शनमा सहभागी भएपछि साइबर बुलिङको सिकार भएकी अमिशा पराजुलीको घटनामा एक जनालाई पक्राउ गरिएको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले रौतहटबाट उक्त व्यक्तिलाई नियन्त्रणमा लिएको हो । साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिलिपकुमार गिरीका अनुसार पक्राउ परेका व्यक्तिलाई हाल काठमाडौँ ल्याउने प्रक्रिया चलिरहेको छ ।

उनले काठमाडौँ ल्याइपुर्‍याएपछि मात्र नाम र अन्य विस्तृत विवरण औपचारिक रूपमा सार्वजनिक गरिने जानकारी दिए ।

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा भएको प्रदर्शनमा सहभागी भएकी अमिशा पराजुलीले निरन्तर दुर्व्यवहार र साइबर बुलिङ सहन नसकेपछि कारबाहीको माग गर्दै साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।