सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर


ग्लोब नेपाल
162
Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । यो प्रवृत्ति गत शुक्रबारदेखि कायम छ ।

सुनको मूल्य भने गत बिहीबारदेखि नै स्थिर छ । अघिल्लो दिनको तुलनामा गत शुक्रबार चाँदीको मोल तोलामा रु ५० ले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८३० कायम भएको छ ।

गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८३० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६७६ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।