प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक


ग्लोब नेपाल
486
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिउँसो १२:३० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जनाइएको छ ।

सोही कारण आज बिहानै रोशीखोला बीपी राजमार्ग अनुगमनमा जान तयार रहेका गृहमन्त्री सुधन गुरुङ पनि रोकिएका छन् । उनी बैठक सकाएर अनुगमनमा जाने बताइएको छ ।

यद्यपि मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे केही खुलाइएको छैन । सामान्यतया मन्त्रिपरिषद्को बैठक बिहीबार र सोमबार बस्ने प्रचलन छ ।