पक्राउ परेका ओली अस्पतालबाटै रिहा

पक्राउ परेका ओली अस्पतालबाटै रिहा


ग्लोब नेपाल
297
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार ओलीलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको हो ।

प्रहरीका अनुसार अबको थप निर्णय उनको स्वास्थ्य अवस्थाको मूल्याङ्कनपछि चिकित्सकले गर्नेछन् ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओलीलाई गत चैत १४ गते भक्तपुरस्थित गुण्डु निवासबाट पक्राउ गरिएको थियो । पक्राउपछि जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए ।

ओलीकी पत्नी राधिकाले गैरकानूनी हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

सर्वोच्च अदालतले चैत २३ गते बेलुका आदेश जारी गर्दै पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्धको अनुसन्धान चैत २६ गते बिहीबारभित्र टुंग्याउन निर्देशन दिएको थियो । साथै, सो अवधिसम्म पनि अनुसन्धान नसकिएमा शर्तसहित रिहा गर्नुपर्ने आदेशसमेत दिएको थियो ।